ललितपुरमा जुवा खेल्दा २१ जना पक्राउ, ९ लाख बरामद

mayukarajkumari

काठमाडौँ, 

ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीबाट प्रहरीले २१ जना जुवाडेलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको ग्रिन सिटी भिल्लामा कौडी खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार जुवा खालबाट ९ लाख ७ हजार रुपैयाँ नगद बरामद गरिएको छ। प्रहरीको अनुसन्धानमा ग्रिन सिटी भिल्लाको दोस्रो तलामा मोहन कृष्ण शाहीले कौडी खेलाएको जानकारी पनि प्राप्त भएको छ।

पक्राउ परेका आरोपीहरूलाई प्रहरीले हाल अनुसन्धान जारी राखेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र थप विवरण सङ्कलन गर्ने प्रक्रिया पनि प्रहरीले अगाडि बढाएको छ।

प्रतिक्रिया