संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

mayukarajkumari

काठमाडौं,

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।

भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको बताइएको छ। यस भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो।

प्रारम्भिक रिपोर्ट अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन। जिल्लाका सुरक्षा अधिकारीहरूले स्थानीय जनतालाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।

प्रतिक्रिया