रूसी प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई र सहकार्यको विश्वास

mayukarajkumari

काठमाडौं, 


नेपालका नयाँ प्रधानमन्त्री श्री वालेन्द्र शाहलाई रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई दिनुभएको छ। बुधबार पठाइएको सन्देशमार्फत रूसी प्रधानमन्त्रीले प्रधानमन्त्री शाहको नियुक्ति प्रति व्यक्तिगत र सङ्घीय सरकारको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको हो।

सन्देशमा मिशुस्टिनले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाल–रुस सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हितको संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। साथै, उहाँले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय क्षेत्रमा सहयोग विस्तारमा सहयोग पुग्ने उल्लेख गर्नुभएको छ।

रूसी राजदूतावासका अनुसार, प्रधानमन्त्री मिशुस्टिनले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्नुभएको छ। सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि र कार्यकालको सफलताको कामना पनि गरिएको छ।

प्रतिक्रिया