आज बस्दै सङ्घीय संसद्का दुवै सदनका बैठक

mayukarajkumari

काठमाडौँ, 

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सो विधेयक प्रस्तुत गर्नुअघि अनुमति माग्ने प्रस्ताव पनि पेश गरिनेछ। साथै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया