काठमाडौँ,
राष्ट्रियसभाले भोलिबाट सुरु हुने अधिवेशनमा सभाको उपाध्यक्ष र समितिका सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ।
अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उपाध्यक्ष र सभा अन्तर्गतका समितिका सभापति चयन प्रक्रिया अगाडि बढाउने सहमति जुटाएको हो।
बैठकमा नयाँ निर्वाचित सदस्यहरूको समितिमा विभाजन र अन्य सम्बन्धित विषयमा छलफल पनि भएको छ। यसमा सरकारको प्रतिनिधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम पनि सहभागी थिइन्।
सभाको आगामी अधिवेशनमा यी निर्वाचन प्रक्रिया र समितिको विभाजन कार्यान्वयन हुने बताइएको छ।
01 April 2026