"विदेशी खेलाडीले खेल्न पाउने श्रम स्वीकृति अनिवार्य: अध्यागमन विभागको निर्देशन"

mayukarajkumari

काठमाडौँ, 

अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई सूचना जारी गर्दै कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गर्न अघि कार्य सहमति र श्रम स्वीकृति अनिवार्य हुने जनाएको छ।

विभागले आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी क्लबहरूले पर्यटक भिसा लिएर आएका विदेशी खेलाडीलाई मात्र खेलमा समावेश गर्न आग्रह गरेको हो।

एन्फाबाट सञ्चालन भएका लिगमा केही क्लबहरूले पर्यटक भिसामा रहेका विदेशी खेलाडीलाई समेत खेलमा सहभागी गराएको उजुरी विभागमा प्राप्त भएको भन्दै विज्ञप्तिमा यसो उल्लेख गरिएको छ। त्यसैले, कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गर्नुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिनुपर्ने औपचारिक अनुरोध गरिएको छ।

अध्यागमन विभागले यस विषयमा आजैदेखि अनुगमन सुरु गरेको जनाएको छ। स्वीकृति नलिएका विदेशी खेलाडीले खेलमा सहभागिता जनाएमा भिसाको उद्देश्य विपरीत हुने हुँदा तत्काल कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया