जलजला गाउँपालिकाको घुम्ती कोष कार्यक्रमबाट उद्यमीलाई बिनाधितो ऋण सहयोग

mayukarajkumari

म्याग्दी,

म्याग्दीको
सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले स्थानीय उद्यमीलाई प्रोत्साहन गर्न बिनाधितो ऋण उपलब्ध गराउँदै आएको छ। तीन वर्षअघि सुरु गरिएको यस कार्यक्रमअन्तर्गत हालसम्म ५० जना उद्यमीलाई रु ४९ लाख ७५ हजार लगानी गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यका अनुसार ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार थप रु नौ लाख सहयोग उपलब्ध गराइएको हो। विभिन्न प्रकारका उद्यमको वर्गीकरण गरी छनोट गरिएका उद्यमीलाई किस्ताबन्दीमा फिर्ता गर्ने सर्तसहित प्रति व्यक्ति रु एक लाखका दरले अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो।

उहाँका अनुसार टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउने तथा आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले विगत तीन वर्षदेखि घुम्ती कोष परिचालन गरी उद्यमीलाई सहयोग प्रदान गरिँदै आएको छ। यसअघि गत कात्तिकमा १२ जनालाई रु १२ लाख, विसं २०८१ मा २० जनालाई २०८० मा नौ जनालाई सहयोग गरिएको थियो।

यसपटक ऋण पाउनेमा वडा नं का चक्रे दमाई, वडा नं का सोमबहादुर दमाई, दुर्गा रेग्मी शन्तु भण्डारी, वडा नं का रिता मल्ल, बसन्तीकुमारी मल्ल दुर्गबहादुर दर्जी, वडा नं का कौशिला नेपाली तथा वडा नं का रोहितप्रसाद आचार्य रहेका छन्। सहुलियत ब्याजदरमा उपलब्ध गराइएको घुम्ती कोषको रकम तोकिएको अवधि पुगेपछि सम्बन्धित टोल विकास संस्थामा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य असल उद्यमी निर्माण, उद्यमशीलताको विकास, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भरता बढाउने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने तथा युवाको विदेश पलायन न्यूनीकरण गर्दै स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नु रहेको छ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले कृषि उद्यमलाई प्रभावकारी बनाउन गरिबी न्यूनीकरणमा सहयोग पुर्‍याउन घुम्ती कोष परिचालन गरिएको बताउनुभयो। उहाँका अनुसार हरेक वर्ष फरक–फरक उद्यमीलाई विउँपुजी सहयोग प्रदान गर्दै आएको छ।

पालिकाभित्र व्यावसायिक रूपमा फलफूल तथा तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण जस्ता स्वरोजगारमूलक काममा संलग्न उद्यमीलाई यस कार्यक्रमले प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। साथै यस क्षेत्रमा काम गर्न इच्छुक युवालाई पनि उद्यमशीलतातर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया