काठमाडौँ,
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राति करिब ११ बजे काठमाडौँको धुम्बराहीस्थित निवासबाट पक्राउ गरेको हो।
सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले उनको पक्राउबारे पुष्टि गर्दै प्रहरीले घरबाटै नियन्त्रणमा लिएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार रेखा शर्मामाथि एक बालिकालाई घरमा राखी बालश्रम गराएको आरोप लागेको छ। उक्त आरोपबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
30 March 2026