काठमाडौँ,
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर को टोलीले गए राति काठमाडौँ महानगरपालिका–९, पिङ्गलास्थान बाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरू करिब एक किलो खैरो हेरोइनसहित भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी का अनुसार विशेष सूचनाका आधारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा प्रहरीले गोली चलाउनुपरेको थियो।
उक्त घटनामा विहार, मधुवनी जिल्ला घर भएका करिब ३०–३५ वर्षका अनिलकुमार पासवान गोली लागेर घाइते भएका छन्। पक्राउ परेकाहरूको माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
07 April 2026