काठमाडौँ,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका लागि उहाँलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ। प्रहरीले आज बिहान भक्तपुरको गुण्डुबाट पक्राउ गरेपछि केही समय भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा राखी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएको जनाएको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अध्यक्ष ओलीको आकस्मिक कक्षमा प्रारम्भिक परीक्षण भइरहेको छ। उहाँको रगत परीक्षण, एक्स-रे लगायतका विभिन्न स्वास्थ्य जाँच भइरहेको र रिपोर्ट आएपछि थप उपचार वा अन्य प्रक्रिया तय गरिने जानकारी दिइएको छ।
प्रहरीका अनुसार जेनजी आन्दोलसँग सम्बन्धित घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा अध्यक्ष ओलीलाई नियन्त्रणमा लिइएको हो।