राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

mayukarajkumari

काठमाडौँ,

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तथा वरिष्ठ नेता बालेन्द्र शाह लाई हालै सम्पन्न आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ।

अध्यक्ष लामिछाने वरिष्ठ नेता शाहलाई पठाइएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिविम्ब भएको उल्लेख गर्नुभएको छ। उहाँले निर्वाचन परिणामले नेपालमा परिवर्तनको चाहना नयाँ नेतृत्वप्रति जनताको अपेक्षा स्पष्ट रूपमा देखाएको बताउनुभएको छ।

सन्देशमा पाकिस्तान नेपाल बीचको ऐतिहासिक मित्रता सहकार्यलाई अझ मजबुत बनाउने विषयमा पनि जोड दिइएको छ। प्रधानमन्त्री शरीफले नवनिर्वाचित नेपाल सरकारसँग सहकार्य गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पाकिस्तान इच्छुक रहेको उल्लेख गर्नुभएको छ।

यससम्बन्धी जानकारी काठमाडौँस्थित नेपालस्थित पाकिस्तान दूतावासले सार्वजनिक गरेको जनाएको छ।

प्रतिक्रिया